कसरी ‘भाइरल’ भए डली चायवाला ?

२०८१ आश्विन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यो कथा सुरु गरौं भारतको नागपुरस्थित सडक किनाराबाट । जहाँ एक मामुली केटो चिया बेचिरहेका छन् । यस्तैमा उनीकहाँ चिया पिउन नयाँ ग्राहक देखा पर्छन् । सधै झैं उनले आफ्नै शैलीमा चिया उमाल्छन्, गिलासमा खन्याउँछन् र ग्राहकको हातमा टक्राउँछन् ।डली खासमा कोही होइनन्, मात्र चियावाला । उनले उल्कै गरेका पनि केही होइनन्, मात्र चिया बेचेका । यस्तो काम गर्ने कति छन् कति । किन चायवालाकै चर्चा भयो ?किनभने चिया बनाउनु र बेच्नु उनको व्यापार मात्र थिएन । सम्भवत: बाध्यता थियो र बाध्यतालाई उनले रहरमा बदले । रहरलाई कलामा । हो, चायवालाले चियामा चिनी, रंग र मसला माजब काम वा कसैको पेशा–व्यवसायमा कला मिश्रण हुन्छ, त्यो सुन्दर र सम्मोहित हुन पुग्छ । डली चायवालाको हकमा यस्तै भएको हो । बिल गेट्सले आफ्नो सामाजिक सञ्जालमा चायवालाको फोटो पोस्ट गर्दै लेखेका थिए, ‘भारतमा तपाईं जताततै इनोभेसन देख्न सक्नुहुन्छ, यहाँसम्म कि एक सामान्य चिया बनाउनेमा पनि ।’त्र मिसाएनन् । खासमा त उनले त्यसमा कला मिसाइदिए ।पक्कै पनि, डली चायवालाको पाककलामा नवीनता थियो । घण्टौं उभिएर उनी यसरी चिया उमाल्थे, जसले ग्राहकलाई सम्मोहित बनाउँथ्यो । अन्ततः ग्राहकहरु उनको हातबाट पाक्ने स्वादिलो चियाको प्रतीक्षा मात्र गर्दैनथे, हत्तपत्त मोबाइल झिकेर भिडियो बनाउँथे । सेल्फी खिच्थे । यसरी नै चायवाला सर्वत्र छाएका थिए, सोसल मिडियामा ।अहिले मिडियाहरुले यी साधारण युवकको जन्मकुण्डली नै खोतलखातल पारिरहेका छन् । उनी को हुन्, कहाँ जन्मिए, कसरी यहाँसम्म आइपुगे । यति मात्र होइन, उनी कति सम्पत्तिका मालिक हुन्, दैनिक कति कमाइ गर्छन् । भनिन्छ, उनको दैनिक कमाइ ३५ सय भारु भन्दा माथि छ । त्यसबाहेक उनी सामाजिक सञ्जालबाट पनि आर्जन गर्छन् ।काम जस्तोसुकै होस्, त्यसलाई सम्मान गर्न सकियो भने सो कामले जीवनलाई सुमधुर बनाइदिन्छ । डली चायवालाको जीवनले यही भन्छ ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय