सरकारले एनसेल आजियाटा लिमिटेडको लाइसेन्स नवीकरणवापत तिर्नुपर्ने दस्तुरमा चार किस्ताको सुविधा पाएका छ । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई लाइसेन्स नवीकरणवापत तिर्नुपर्ने दस्तुरमा चार किस्ताको सुविधा दिने निर्णय गरेको हो ।‘नेपाल सरकारले दूरसञ्चार सेवालाई नियमित गर्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी एनसेल आजियाट्रा लिमिटेडको तेस्रो पटक अनुमतिपत्र नवीकरण गर्न नवीकरण दस्तुर प्रत्येक वर्ष रु।५ अर्बका दरले ४ किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने । एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ता बापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकमसमेत लिने,’– मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।यसोसँगै एनसेलले अहिले ५ अर्ब तिरेर लाइसेन्स नवीकरण गर्न पाउने भएको छ। पहिलो वर्षबाहेक किस्ता भुक्तानी गर्दा एनसेलले १० प्रतिशत व्याज पनि तिर्नुपर्ने छ ।
सोरोत:Online tv nepal