आइफोन १६ कि १५ किन्दा ठीक होला ? थाहा पाउनुहोस् विशेषता

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यदि तपाईंले आइफोन १५ चलाइरहनुभएको छ भने एप्पलले अहिले आइफोन १६ लञ्च गर्दा सायद थकथकी लागिरहेको छ होला । नयाँ संस्करणको आइफोन चलाउन पाए हुन्थ्यो भन्ने इच्छा जागृत हुनु स्वभाविकै हो ।यदि तपाईंसँग आइफोन नै छैन अर्थात् एन्ड्रोइड फोन मात्रै चलाउने गर्नुभएको छ भने त अझ नयाँ सिरिजको आइफोन प्रयोग गर्ने तीव्र आकांक्षा हुने नै भयो । यस्तो अवस्थामा अघिल्लो संस्करणको आइफोन १५ छुट वा सस्तो मूल्यमा किन्ने कि पूरै मूल्य चुकाएर नयाँ मोडेल किन्ने ? भन्ने द्विविधा हुनसक्छ ।यस्तो अवस्थामा तपाईंको निर्णयमा सहयोग गर्नका लागि आइफोन १५ र आइफोन १६ का मूख्य विशेषताहरुको तुलना यहाँ गरिएको छ ।दुवै फोनका क्यामेरामा समान मेगापिक्सेल भए पनि आइफोन १६ को अल्ट्रावाइड क्यामेरामा बढी प्रकाशयुक्त तथा म्याक्रो शटका लागि अटोफोकस क्षमता सहितको छ । त्यस्तै दुवै फोनमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ, जसले फोर के भिडियो खिच्न सक्दछ । त्यसैगरी आइफोन १६ मा थप फिचरको रुपमा एउटा क्यामेरा कन्ट्रोल बटन रहेको छ ।डिस्प्लेको हकमा एप्पलले केही सामान्य परिवर्तन गर्ने गरेको छ । यद्यपि दुवै फोनमा ६.१ इन्चको सुपर रेटिना XDR डिस्प्ले रहेको छ । जसको पिक ब्राइटनेस २००० निट्स छ ।एप्पलले ब्याट्रीको क्षमताको खुलासा गर्दैन । यद्यपि आइफोन १६ को भिडियो प्लेब्याक २२ घण्टा रहेको दाबी कम्पनीको छ । जबकि आइफोन १५ को भिडियो प्लेब्याक २० घण्टा रहेको छ । यसको अर्थ एकपटक पूरा चार्ज गरेपछि एप्पल १६ मा २२ घण्टासम्म भिडियो चलाउन सकिन्छ भने एप्पल १५ मा २० घण्टा ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय