सरकारी होस् वा निजी जागिर, निश्चित अवधिपछि अवकाश हुनु सामान्य प्रक्रिया हो । यो नौलो विषय होइन । तर, आकाशमा उड्ने हवाईजहाजलाई पनि अवकाश दिइयो भन्दा अचम्म नमाने हुन्छ ।मंगलबार नेपाली उड्डयन क्षेत्रमा भने यसअघि कहिल्यै नभएको एउटा यस्तो रमाइलो घटना भइदियो, जसले धेरैलाई अचम्भित बनायो ।१६ वर्षदेखि अनवरत स्वदेशी तथा विदेशी यात्रुलाई गन्तव्य पुर्याइरहेको एउटा हवाईजहाजलाई मंगलबारदेखि सदाका लागि अवकाश दिइयो । यस्तो रमाइलो संयोग नेपालमै पहिलो पटक हुन पुगेको हो ।नेपाली उड्डयन इतिहासमै पहिलो पटक उडान आयु सकिएको भन्दै एउटा जहाजलाई सदाका लागि अवकाश दिइएको हो ।यसको मतलब मंगलबार अवकाश पाएको जहाजले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम उडान (७० हजार साइकल) का लागि माउन्टेन फ्लाइट गरेको थियो । बिहान विमानस्थलबाट उडेर माउन्टेन फ्लाइट सकेपछि यहीँ अवतरण गरेको यो जहाजले अन्तिम साइक पूरा गरेको थियो । त्यसपछि यसको आयु समाप्त भएको थियोयसको मतलब मंगलबार अवकाश पाएको जहाजले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम उडान (७० हजार साइकल) का लागि माउन्टेन फ्लाइट गरेको थियो । त्यसकारण पूरै आयु उडेर अवकाश पाउने यो पहिलो भाग्यमानी एटीआर जहाज हो ।
सोरोत : Online khabar