: मानव बेचबिखन अन्त्यका लागि सुरक्षा कूटनीति

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मानव बेचबिखन तथा ओसारपसार आज विश्वभर मानवीय सुरक्षा, संगठित अपराध नियन्त्रण, मानवअधिकारको संरक्षण र सम्वद्र्धनका सन्दर्भमा एक गम्भीर चुनौतीका रूपमा देखा परेको समस्याको रूपमा रहेको छ ।आमरूपमा मानव बेचबिखन तथा ओसारपसारलाई बालिका र महिलाहरूको यौन शोषणका लागि हुने गरेको संगठित अपराधको रूपमा बुझिने गरेको भए पनि यसको राजनीतिक, विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक आयाम पनि रहेको छ ।सामान्यतया मानव बेचबिखन भन्नाले निजी लाभका निम्ति अन्य व्यक्तिलाई एक स्थानबाट अर्को स्थानमा लैजाने, ल्याउने, प्राप्त गर्ने, बन्दी बनाउने, बेचबिखन गर्ने, किन्ने र बाध्यकारी रूपमा श्रममा संलग्न गराउने कार्यहरू पर्दछन् । मानव बेचबिखनका घटनाहरू कुनै पनि घटनाको प्रक्रिया र उद्देश्यको शृंखलाबद्ध कार्यहरूको सम्बन्धका आधारमा निर्क्योल गर्ने गरिन्छ ।अहिले पनि मानव बेचबिखनलाई एउटा मन्त्रालयको विषय ठान्ने प्रवृत्ति छ । अन्तरमन्त्रालय समन्वय र सहकार्यको अभावमा एकीकृत पहल आवश्यक पर्ने सुरक्षा र आर्थिक कूटनीति केवल सैद्धान्तिक छलफलको विषय मात्रै भएको छ ।

सोएरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय