कहाँ होलिन् जेरुसा राई ?

२०८१ भाद्र १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुई वर्षअघि ६ असोज २०७९ को साँझ गायिका जेरुसा राई आमा इस्का घिमिरे राईसँगै खाना खाएर आफ्नो कोठातिर गएकी थिइन् ।इस्कालाई बेलुकी टेलिभिजनमा समाचार हेर्ने बानी थियो, जेरुसा प्रायः आफ्नै कोठामा छिरेर ल्यापटपमा काम गरिरहन्थिन् ।

जेरुसा भने आमा टिभी हेरिरहेको मौका पारेर त्यहीबेला घरबाट सुटुक्क बाहिर निस्किँदै थिइन् । आमा इस्काको बुझाइमा, आमालाई थाहा नहोस् भन्नेमा उनी यति सतर्क थिइन् कि जुत्ता लगाउँदा आवाज आउन सक्ला भनेर पुरानै चप्पल लगाएर तल गइछन् ।अरु बेला झैं त्यो दिन पनि सानेपास्थित घरमा आमा छोरी मात्रै थिए । इस्का सम्झन्छिन्, ‘सधैँ जस्तै आमाछोरी खाना खाएर आ–आफ्नो कोठातिर लागेका थियौं ।’ उनलाई लाग्यो – छोरी अरुबेला जस्तै कोठामा केही काम गरेर सुत्लिन् ।उनको कोठामा आमा पुग्दा जेरुसा थिइनन् । बरु त्यहाँ एउटा कागज थियो, जसमा बाँच्नुपर्ने जीवन बाँचिसकेको भन्दै आफ्नो खुशीले निर्णय लिएको उल्लेख गरिएको थियो ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय