
अमेरिकी फै्रंचाइज डान्स शो ‘वल्र्ड अफ डान्स नेपाल’ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शो सम्पन्न भएको हो
शो मा अपर टिम डिभिजन तर्फ विजेता बुटवलका द ब्रेभ गोरखा, रनरअफ काठमाडौं ग्रुभ ओभरडोज र सेकेण्ड रनरअफ ललितपुरका वाई स्ट्यांड क्रू भए भने जूनियर टिम डिभिजन तर्फ विजेता काठमाडौं नेपाल डान्स एकाडेमी, फर्स्ट रनर अफ मोरंग उर्लाबारीका क्रिएटर क्रु , सेकेण्ड रनर अफ ललितपुरका ह्याण्ड टु ह्याण्ड क्रु भएका छन् ।
त्यस्तै अपर डिभिजन तर्फ विजेता कैलालीका बब्लू एण्ड रोहित, रनर अफ काठमाडौंका स्वस्तिक अर्याल र सेकेण्ड रनरअफ झपाका एसएनएस क्विन्स भएका हुन्।
कार्यक्रममा पूर्व नेपालको धनकुटा देखी पश्चिम कैलाली सम्मका ३३ वटा ग्रुपले फाईनल चरणका लागि स्थान बनाएका थिए । यी सबै विजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै आगामी जुलाईमा अमेरिकामा हुने वर्ल्ड फाइनलमा सहभागि हुन पाउनेछन् । कार्यक्रमका प्रमुख अतिथि, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता दंगोलले विजयी टिमलाई ट्रफी, चेक तथा मेडल लगाइ सम्मान गरेकी थिइन् ।
नेपाली डान्स कम्यूनिटीमा पहिलोपटक यस्तो शो गरिएको कार्यक्रमका डाइरेक्टर रोशन गहतराजले बताउँछन् । नेपाली नृत्यकारहरुलाई विश्वसामू परिचित गराउने र नेपाली कला संस्कृतिको उजागर गर्नको निम्ति उक्त शो आयोजना गरिएको उनले बताए ।
च्यम्पियनशिपको जूरीका रुपमा कंटेम्पोरी नृत्यकार जेडी तमू, ऐवरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल थिए। लामो समयदेखी सुस्ताएको नेपाली नृत्य अवस्थालाई उक्त शोले एउटा ऐतिहासिक सुरुवात गरेको निर्णायक जेडी तमूले बताए ।
कार्यक्रममा भारतका चर्चित डान्सर तेरिया मगर, भोईस अफ नेपालका संचालक सुशील नेपाल लगायत थुप्रै चर्चित कलाकारको उपस्थित थियो ।
कार्यक्रमका तस्बिरहरु हेर्नुहोस :