दयाहाङ अभिनित ‘कार्साङ’ पुस २६ मा रिलिज हुने सम्पादनमा रहेको छ |

२०८१ भाद्र २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सम्पादनमा रहेको दयाहाङ राई स्टारर पछिल्लो फिल्म ‘कार्साङ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै निर्माताले प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन् ।
अब यो फिल्म पुस २६ गतेबाट प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई दर्शाइएको छ, जसमा दयाहाङ र डेब्यु अभिनेत्री सिर्जना निङलेखु छन् ।छेउमा उनकी श्रीमतीको भूमिकामा सिर्जना छिन् । उनी रोइरहेकी छन् । आँगनमा रक्सी पोखिएको छ । शेर्पा समुदायको कथावस्तु बुनिएको यो फिल्मले माओवादी सशस्त्र द्वन्द्वकालीन कथा पेश गर्छ । जतिबेला माओवादीले रक्सी खान र उत्पादन गर्न गाउँमा रोक लगाएको थियो ।दयाहाङ सुरुवाल लगाएर आँगनमा उभिएका छन् । उनको मुड हेर्दा उनले कसैसँग झगडा गरेको देखिन्छ । उनको क्रुद्ध अनुहार हेर्दा लाग्छ उनमा बदलाको भाव प्रष्ट छ ।

सोरोत :Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय