तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

२०८१ भाद्र २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन चलेको हो ।

अहिले दरखाने परम्परागत तरिकामा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा संघसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । तर पनि दर खाने भनेको तीजको व्रत बस्ने पहिलो दिन नै हो ।दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रकियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।धार्मिक रुपमा दर खाने दिनमा माछामासु नखाने चलन छ । तर यो स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हो । माछामासु पच्न धेरै समय लाग्छ, त्यसैले व्रत बस्ने अघिल्लो दिन माछामासु नखानु नै राम्रो हो ।दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ । भोलिपल्ट व्रत बस्ने भएकाले अघिल्लो दिन चिल्लो ढकनी, गुलियो मिठाई, मासु लगायत खानेकुरा एकैचोटि खाने र राति अबेर १२ बजेसम्म खाने गरेको पनि पाइन्छ ।कुनै पनि स्वास्थ्य समस्या नभएको व्यक्तिले दर खाने दिनमा आठ बजेभित्र खाना खाने र भोलिपल्ट पूरै व्रत बसेर पर्सिपल्ट मात्र खाना खाँदा ३६ घण्टा व्रत बस्दा शरीर ‘अटोफेगी’ हुन्छ । अटोफेजी भनेको रिसाइकल गर्ने प्रक्रिया हो, जुन शरीरभित्र हुन्छ । यस अन्तर्गत पुराना कोषिकाहरु नष्ट हुन्छन् र आवश्यक भागले ऊर्जा उत्पादन गर्छन् वा नयाँ कोषिकाहरु सिर्जना गर्छन् ।

सोरोत :Online khabar

@gojimediahouse

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय