संयोजकमा विप्लव समाजवादी मोर्चाको

२०८० फाल्गुन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

 

 

काठमाडौं : समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको  छ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो। बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताए उनले बैठकमा समसामयीक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए। उनले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिट्टै अर्को बैठक बस्ने बताए।

‘समसायीक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो। थुप्रै त्रुटिहरु छन्, ति त्रुटिहरुको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ। मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रुपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ।’ महासचिव गुरुङले  भने, ‘त्यसको लागि शीर्ष नेताको बीचमा घनिभुत रुपमा छलफल हुनुपर्छ भन्ने छ। मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो। अबको पालो नेकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ। कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको छ।’

महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय