वडाध्यक्ष खड्का मृत भेटिए भीमदत्त–६ का

२०८० पुष २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वडाध्यक्ष खड्का मृत भेटिए भीमदत्त–६ का

 

 

 

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष  महेन्द्र खड्का मृत भेटिएका छन्।

 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बुधबार राति मोटरसाइकल दुर्घटनामा खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए।प्रारम्भिक  अनुसन्धानले बाटोको पाइपमा मोटरसाइकल ठोक्किँदा मृत्यु  भएको देखिन्छ’, प्रहरी उपरीक्षक उनले भने।

नगरपालिकाका प्रवक्ता समेत रहेको खड्का बुधबार दिउँसो सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए।  थापाले विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको  जनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय