नेपालले फिल्डिङ गर्ने,पीएनजीविरुद्धको फाइनलमा

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालले फिल्डिङ गर्ने,पीएनजीविरुद्धको फाइनलमा

 

 

काठमाडौं :  हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी (पीएनजी) बीचको त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले टस जितेर पीएनजीविरुद्ध सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ।

हङकङको मिसन रोड मैदानमा  टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन्।

मङ्गलवार बिहान मात्र पीएनजीलाई ८५ रनले हराएको नेपाल बुधवार सोही मैदानमा सोही टिमविरुद्ध फाइनल खेल्दै छ। मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो।

जारी शृङ्खलामा घरेलु टिमसँगै नेपाल र पीएनजी सहभागी छन्। नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय