नेपाल र पीएनजी भिड्दै,उपाधिका लागि

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल र पीएनजी भिड्दै,उपाधिका लागि

 

 

काठमाडौं :  त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि हङकङमा जारी आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै छन्। खेल  नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ।

सिरिजको पहिलो खेल भने वर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए। आजै तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दै छ।

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय