सेमिफाइनल आज राष्ट्रिय पुरुष भलिबलको

२०८० पुष २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

सेमिफाइनल आज राष्ट्रिय पुरुष भलिबलको

काठमाडौं :राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुवै खेल हुने भएका छन्।

बिहान १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्। साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो।

यसैगरी दिउँसो एक बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय