
बैठक बस्दै, बागमती प्रदेश सभा
हेटौँडा : बागमती प्रदेश सभाको बैठक मंगलबार बस्दैछ। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बैठक अपराह्न ३ बजे बोलाइएको जानकारी दिए।
प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। ११ सदस्यीय समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमति लगायत विषयमा अध्ययन तथा परामर्श गरी बैठकमा प्रतिवेदन पेश गर्न सभा
लेनिर्देशन दिएको थियो।
प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। प्रदेशसभाको बैठकले अन्य कार्यसूची तयार पार्ने छ।