५ महिनाभित्र प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट : मन्त्री जगदिश खरेलको पहिलो निर्णय

२०८२ आश्विन ६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ असोज, काठमाडौं ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेको पहिलो दिन नै महत्वपूर्ण निर्णय गरेका छन् । उनले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री खरेलले कर्मचारीहरूले तयार पारेको प्रारम्भिक प्रस्तावमा केही सुधार र थप सुझाव दिएर फिर्ता पठाएपछि अन्तिम निर्णय यसरी आएको हो ।

निर्णय अनुसार काठमाडौं बाहेकका प्रमुख १० शहरका सार्वजनिक स्थलमा चरणबद्ध रूपमा नि:शुल्क इन्टरनेट सुविधा स्थापना गरिनेछ ।

यस कदमलाई सूचना–प्रविधि क्षेत्रमा पहुँच विस्तार र डिजिटल नेपालको लक्ष्यतर्फ एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय