कालीमाटीमा तरकारी आपूर्ति हुन थालेसँगै भाउ घट्न थाल्यो

२०८१ आश्विन २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दशैंका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।सानो गोलभेँडा, मुला, घिउ सिमी, टाटे सिमी, लौका, परवर, चिचिन्डो, भिण्डी, बरेला, साग लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा घटेको छ । लौका १८, घिरौंला ३१, चिचिन्डो २२, परवर २३, भिण्डी १९, रायो साग १२, तोरीको साग ४१ प्रतिशत सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।मंगलबार ठूलो गोलभेँडा १५०, सानो गोलभेँडा ८०, रातो आलु १००, भारतीय रातो आलु ६३, प्याज ११०, स्थानीय काउली १२०, रातो मुला ४०, लाम्चो भन्टा ८०, तने बोडी ७०, मटरकोसा २५०, घिउ सिमी ६५, टाटे सिमी ८०, तिते करेला ९०, लौका ५०, परवर ७०, घिरौंला ७०, भिण्डी अधिकतम ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।बरेला ११०, रायो साग १८०, पालुगो साग २००, तोरीको साग ९० रुपैयाँ प्रतिकिलो छ । डल्ले च्याउ ३००, कन्य च्याउ १४०, ब्रोकाउली १६० तथा कुरिलो ५५० रुपैयाँ प्रतिकिलो छ ।समितिका अनुसार सोमबार कालीमाटी बजारमा सानो गोलभेँडा ३३ हजार, रातो आलु १ लाख २१ हजार, प्याज ३१ हजार, गाजर ७ हजार, स्थानीय काउली १६ हजार केजी भित्रिएको छ ।त्यस्तै परवर ११ हजार, लौका १७ हजार, घिरौंला ८ हजार, भिण्डी २५ हजार, स्कुस १४ हजार केजी भित्रिएको छ । यीबाहेक च्याउ, साग, बरेला, मुला, बोडी, मटरकोशा पनि पर्याप्त भित्रिएको समितिले जनाएको छ ।
श्रोत सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय