एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु

२०८१ आश्विन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अबस्था फरक महसुस गरको छु आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो “फिलिम कस्तो चल्याछ ? यसपाला म हेर्न जान सक्या छैन” । मैंले भनें फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गालि गर्दैछन् बुवा। अचम्म मान्दै बुवाले सोध्नुभयो किन ? के भन्छन ? मैले भनेँ “साइबर सेना किन भनिस ? भन्छन्। बुबाले भन्नुभो “सानु बन्न पर्च जहाँ पनि अटाईन्छ, ठुलो हुँदा कतै छिरिँदैन” “अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुदैन” मरेर लानु केहि छैन,सबैको प्यारो बन्न पर्च। बस् बुवा बाट पुन उर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला। धन्यवाद।
फोटोमा पछाडी हाम्रो घर आगलागी भएको ठाउँ जहाँबाट मैले जिन्दगीको नयाँ संकल्प गरेको थिएँ।
May be an image of 2 people and grass
All reactions:

35

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय