
झापाको कमल गाउपालिका वडा न.४ अमलडाँगी स्थित पुर्व पश्चिम राजमार्गमा केर्खातर्फ बाट दमकतर्फ आउदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा न.८ बस्ने बर्ष- ३३ को अनिल कुमार लिम्बूको टाँउको, बाँयाहातमा चोट अवस्था बोल्न नसक्ने गम्भिर सोही मोटरसाईकलमा सवार ऐऐ बस्ने बर्ष २० को सोमराज लिम्बूको बाहीरी चोट नदेखिएको बोल्न नसक्ने अवस्था गम्भिर भई उपचारको लागी दमक अस्पताल दमकमा ल्याई डाक्टरले चेकजाँच गर्दा निज दुबैको मृत्यु भईसकेको भन्ने ऐ १२:५५ बजे डाक्टरले घोषणा गरेको चालक, पछाडी सवार कोहो भन्ने नखुलेको लाश सोही अस्पतालमा रहेको निजको आफन्तलाई जानकारी गराई सकेको घटनास्थलमा प्रहरी चौकी केर्खाबाट प्रनानि बिष्णु दाहालको (९८५२०५०७५७) कमाण्डमा प्रहरी टोली खटीगई मोटरसाईकल नियन्त्रणमा लिएको उक्त स्थान प्रचौ केर्खाबाट अन्दाजी १ किलोमिटर पश्चिम पर्ने ।
श्रोत:सामाजिक संजाल