मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२०८१ आश्विन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
मोटरसाइकल दुर्घटनामा परी कमल गाउँपालिका मा दुई जनाको मृत्यु भएको छ । 😢
P.S. पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बु र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बु गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र डाक्टरले चेकजाँच पश्चात् दुवै जनालाई मृत घोषित गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रोत:सामाजिक संजाल
All reactions:

27

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय