चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

२०८१ आश्विन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्।चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।उपचारका क्रममा उनको बुधबार बिहान तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो।मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए।उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो।अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए।आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

श्रोत:https://www.setopati.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय