झापामा घुस सहित पक्राउ परे वडाध्यक्ष

२०८१ आश्विन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।घुस लेनदेनको सूचना टेलिफोन मार्फत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए ।

श्रोत:https://www.onlinekhabar.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय