
बारामा एउटा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो ।
करेन्ट कसले लगाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख करिमले बताए ।
कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार रमेश जिसीको धान खेतमा आइतबार हात्ती मृत फेला परेको जानकारी दिए ।हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको पाइएको छ । त्यसैले करेन्ट लागेर हात्ती मरेको प्रारम्भिक अनुमान छ ।
श्रोत:https://www.onlinekhabar.com/