: एरिका गुरुङ चोटका कारण फाइनलमा राम्रो खेल्न सकिन

२०८१ आश्विन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

असोज ८, काठमाडौं ।

एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी नेपाली खेलाडी एरिकाले गुरुङले चोटका कारण फाइनलमा राम्रो खेल्न नसकेको बताएकी छन् ।रजत पदक जितेर मंगलबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै घुँडामा चोटका कारण फाइनल खेल कठिन भएको बताएकी हुन् । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै बलियो रहेको बताइन् ।फाइनलमा ब्यहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उनको भनाइ छ ।

मंगलबार त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका र उनका प्रशिक्षक कुशल श्रेष्ठको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई स्वागत गरेका थिए ।एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले चोटका कारण एरिकाले फाइनलमा अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेको र प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले स्वर्ण जित्न असफल भएको बताए ।श्एरोतरिकाले चीनको हाङझाउमा गत वर्ष भएको २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौल समूहमाथि रजत पदक जितेकी थिइन् ।

श्रोत:https://www.onlinekhabar.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय