दुर्गा प्रसाईंलाई अदालतमा छाड्नुपर्ने माग गर्दैबन्दीप्रत्यक्षीकरणको रिट

२०८१ आश्विन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ असोज, काठमाडौं । गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ ।अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका हुन् । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन ।विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

श्रोत:https://www.onlinekhabar.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय