सहकारीको वचत अपचलन मुद्दामा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

२०८१ आश्विन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । जोशीलाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरेको हो ।सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ ।
प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी जोशीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार