
अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन्
नरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् ।फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । त्यसको आधारमा प्रहरीले ममता जीवित नरहेको हुनसक्ने बताएको थियो ।तर, उनको पक्षका वकिलले भने अदालतमा नरेशले ममतालाई कुनै हानि नपुर्याएको दाबी गरेका छन् । नरेश विरुद्ध अहिले शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ । यो बीचमा प्रहरीले ममताको खोजीका लागि ठाउँ ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । अदालतमा पुगेकी विना खड्काले सुनुवाइले आफूलाई आक्रोशित बनाएको वासिङ्टन पोस्टसँग बताएकी छन् ।‘म नरेशलाई हेरिरहेको थिएँ – उनी जीवित थिइन्, लुकिरहेकी थिइन् – आफ्नी श्रीमतीप्रति किन अलिकति पनि उसको आँशु आउँदैन ?’ उनले भनिन्, ‘किन ऊ केही बोलिरहेको छैन ?’ ममताका साथीहरुले आफ्नी छोरीको पहिले जन्मदिनमा पनि ममताको कुनै सन्देश नआएकाले पनि उनी जीवित नरहेको बताउने गरेका छन् ।अदालतमा उनको पक्षका वकिल बेन अब्राहमले ‘वेलफेयर चेक’का बेला प्रहरी आउँदा भट्टले सुरुमा हराएको नबताएको विषयलाई ठूलो बनाइएको बताउँदै भने, ‘खासमा उनी पहिले पनि त्यसरी घर छाडेर जाने गरेकाले त्यतिबेला नरेशले भनेका थिएनन् ।’अभियोजनकर्ता पक्षले भने नरेशको घरको कोठामा देखिएका रगतका मात्रा, नरेशले ममता हराउनुअघि गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विवाह गर्न सकिन्छ’ भनेर सर्च गरेको विवरण लगायतका विषयहरुलाई आधार बनाउँदै उनको मृत शरीरलाई घरबाट बाहिर निकालिएको जिकिर अदालत समक्ष गरेको थियो ।पछिल्लो समय उनले घरमा आफू विरुद्ध हिंसा भइरहेको भन्दै साथीहरुलाई सुनाएकी थिइन् । उनले सम्बन्धविच्छेद गर्नेबारे समेत छलफल गरिरहेको पाइएको छ । त्यहीबीचमा यो घटना भएको हो । उनीहरुको एक वर्षको छोरीको रेखदेखका लागि काभ्रेको पनौतीस्थित ममताको माइती पक्षबाट आमा र दाइ अमेरिका गएका छन् ।
श्रोत:https://www.onlinekhabar.com/