
३ असोज, काठमाडौं । तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाल २ हप्तादेखि रत्नपार्क शान्तिवाटिकामा अनसन बसिरहेका छन् । उनको एउटौ माग छ, ग्रामीण क्षेत्रका सुत्केरी महिला ता विपद्मा परेकाहरुको सहज उद्धारका लागि २ वटा हेली एम्बुलेन्स व्यवस्था गर्नुपर्यो ।सिलवालले पछिल्लो समय ग्रामीण भेगका सुत्केरीहरुको उद्धार कार्यमा सहजीकरण गर्दै आएका आएका थिए । ‘६ वर्षअगाडितिर कामको सिलसिलामा डा. भोला रिजालसँग भेट भएको थियो । उहाँसँगै सहकार्य गरेर अलिअलि सुत्केरी उद्धार गर्न थालेको हुँ’, उनले अनलाइनखबरसँग भने ।उनले हालसम्म आफ्नै खर्चमा १३ जना सुत्केरी उद्धार गरिसकेका छन् । आफूले धाडिङ, जाजरकोट, ओखलढुंगा, सोलुखुम्बुलगायत जिल्लाबाट सुत्केरी महिलाको उद्धार गरेको उनले सुनाए ।सामाजिक सञ्जालले सिलवाललाई ग्रामीण भेगका सुत्केरी तथा विपद्मा परेका नागरिकको उद्धारकका रुपमा चिनाएको छ । उनका अनुसार अप्ठ्यारो परेका मानिसहरु उनकै सम्पर्कमा आइरहँन्छन् ।तर उनी त्यसका लागि चाहिने खर्च व्यहोर्न सक्ने अवस्थामा छैनन् । हेली उद्धार निकै खर्चिलो हुने हुँदा आफूसँग भएको सबै सम्पत्ति सकिइसकेको उनी बताउँछन् । उनका अनुसार हेलिकप्टर कम्पनीलाई अझै ९/१० लाख रुपैयाँ तिर्नै बाँकी छ । आर्थिक अभावकै कारण समयमा उद्दार गर्न नपाउँदा आफ्नो सम्पर्कमा आएका १० जना सुत्केरीको मृत्यु भएको उनी बताउँछन् ।‘२ वर्षअघि पहिले पनि धाडिङ सदरमुकाम बेंसीसहरबाट एकजना महिलाको उद्धार गर्न खबर आएको थियो । उहाँहरुले खबर गरिसकेपछि मैले राष्ट्रपति महिला उत्थान महिला उत्थान कार्यक्रमलाई खबर पनि गरें’, उनी भन्छन्, ‘तर, उहाँहरुले उक्त ठाउँ कार्यविधिअनुसार नपर्ने भनेर उद्धार गर्न मान्नु भएन ।’त्यसैले उनले आफ्नो अनको माग नै राष्ट्रपति महिला उत्थान महिला उत्थान कार्यक्रमको कार्यविधिमा भएको त्रुटिपूर्ण व्यवस्था हटाउनुपर्ने र सबै ग्रामीण भेगका महिला तथा विपद्मा परेका नागरिकका लागि हवाई उद्धार खुला हुनुपर्ने राखेका छन् । उनी भन्छन्, ‘त्यसका लागि २ वटा हेली एम्बुलेन्स डेडिकेटेड रुपमा तयारी अवस्थामा राख्नुपर्छ, एउटा काठमाडौं र अर्को कर्णाली प्रदेशमा ।’
श्रोत:Online khabar