नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो ?

२०८१ आश्विन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३ असोज, काठमाडौं । नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी भएका छन् ।राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिवधि गरिरहेका उनी उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा सहभागी भएका हुन् । उनीसँगै मुक्ति क्रान्तिको अभियानमा सहभागी नेता सुमन सायमी पनि सहभागी भएका छन् । उनीहरु माइतीघरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।सर्वोच्च अदालतले हालै एक फैसलामा वाग्मती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

श्रोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय