ममता काफ्लेको अनुसन्धानमा सहयोगी हुने सूचना पाइरहेका छौं |

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट बेपत्ता नेपाली महिला ममता काफ्लेको अनुसन्धानमा सहयोगी बन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा ‘केहीअघि एक जना व्यक्ति यस्तो जानकारी लिएर आए, जुन यो अनुसन्धानमा एकदमै सहयोगी थियो’ भनिएको छ । प्रहरीले थुनामा रहेका काफ्लेका श्रीमान् नरेश भट्टसँग २८ जुलाइदेखि ५ अगस्टसम्म सम्पर्क गर्नेहरुसँग पनि प्रहरीले सहयोग मागेको छ ।यदि नरेश भट्टसँग सम्पर्क भएको थियो भने मनसास पार्क प्रहरीलाई सम्पर्क गरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्, अन्तर्वार्ता गरेका छैनन् ।’यदि नरेश भट्टसँग सम्पर्क भएको थियो भने मनसास पार्क प्रहरीलाई सम्पर्क गरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्, अन्तर्वार्ता गरेका छैनन् ।’नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ ।कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।तर, हालसम्म त्यसलाई पुष्टि गर्ने आधारमा नहुँदा मानव शरीर लुकाएको कसुरमा मात्र भट्टविरुद्ध मुद्दा छ । उनी पक्षका वकिलहरुले यसमा भट्ट निर्दोष भएको दाबी गर्दै अदालतमा यथाशीघ्र सुनुवाइ गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय