उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुई सय २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउँदा एक सय ८८ मत पाएका थिए । तर उनलाई विश्वासको मत दिएको जनमत पार्टीका अध्यक्ष डा. सिके रावतले उपसभामुखको राजीनामा दिनुपर्ने सत्तारुढ दलको माग जायज नभएको बताइरहेका छन् ।त्यसका लागि राजनीनामा दिन दबाब पनि बढाइरहेका छन् । तर उपसभामुखलाई हटाउनका लागि दुई तिहाइ सांसदको अवस्यकता पर्छ । सत्तारुढ दल एमाले र कांग्रेस रानामगरलाई नहटाई नछाड्ने पक्षमा देखिन्छ । तर कांग्रेस र एमालेको चाहनाले मात्रै पुग्दैन । त्यसैले एमालेका ७७ सांसदले मात्रै मतदान गर्न पाउछन् । कांग्रेस र एमालेको संख्या जोड्दा १ सय ६६ मात्रै हुन्छ । तर दुई तिहाई बहुमतका लागि १ सय ८४ सांसद आवश्यक पर्छ । यसका लागि सत्ता गठबन्धन दलहरुसँगको मत सुनिश्चिित गर्न दुई दल लागिपरेका छन् । तर ओलीलाई विश्वासको मत दिएको जनमत पार्टी उपसभामुख हटाउने पक्षमा देखिदैन । जनमतसंग ६ सांसद छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागि नभएको गठबन्धनलाई साथ दिने देखिदैन । जसले गर्दा दुई तिहाई पुर्याउनका लागि ३ मत नपुग्ने देखिन्छ । तर कांग्रेस र एमाले भने बहुमत पु¥याउन नेकपा एकिकृत समाजवादीलाई फुटाल्न सक्नेसम्मको विश्लेषण भैरहेको छ । उपसभामुखले पदिय आचरणको कार्य नगरेको बताई रहेको एमाले र कांग्रेसले आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न र उपत्यका बाहिर भए पनि आउन निर्देशन जारी गरिसकेका छन् ।

सोरोत:News24

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय