ममता काफ्लेको अनुसन्धानमा सहयोगी हुने सूचना पाइरहेका छौं : मनसास पार्क प्रहरी

२०८१ भाद्र २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट बेपत्ता नेपाली महिला ममता काफ्लेको अनुसन्धानमा सहयोगी बन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परिरहेको उल्लेख गरेको छ ।प्रहरीले जारी गरेको विज्ञप्तिमा ‘केहीअघि एक जना व्यक्ति यस्तो जानकारी लिएर आए, जुन यो अनुसन्धानमा एकदमै सहयोगी थियो’ भनिएको छ । प्रहरीले थुनामा रहेका काफ्लेका श्रीमान् नरेश भट्टसँग २८ जुलाइदेखि ५ अगस्टसम्म सम्पर्क गर्नेहरुसँग पनि प्रहरीले सहयोग मागेको छ ।‘यदि नरेश भट्टसँग सम्पर्क भएको थियो भने मनसास पार्क प्रहरीलाई सम्पर्क गरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्, अन्तर्वार्ता गरेका छैनन् ।’हरीले यो बीचमा पाएको सूचनाका आधारमा ठाउँ–ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । मनसास पार्क प्रहरीले यसअघि जारी गरेको विज्ञप्तिमा ‘सर्च एण्ड रेस्क्यू टिम’ले ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा खोजी गरिरहेको बताएको थियो ।अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीले भनाइ थियो । अनुसन्धानमा संलग्नहरुले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको निष्कर्षसहित टोली परिचालन गरेका हुन् ।तर, प्रहरीले त्यहाँबाट संकलन गरेका विषयहरु अनुसन्धानका लागि सहयोगी भए वा भएनन् भन्नेबारे केही बताएको छैन । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।तर, हालसम्म त्यसलाई पुष्टि गर्ने आधारमा नहुँदा मानव शरीर लुकाएको कसुरमा मात्र भट्टविरुद्ध मुद्दा छ । उनी पक्षका वकिलहरुले यसमा भट्ट निर्दोष भएको दाबी गर्दै अदालतमा यथाशीघ्र सुनुवाइ गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय