
बुधबार तनहुँमा भएको छुटाछुटै सवारी दुद्र्यटनामा परेर एक जनाको मुत्यु र ११ जना घाइते भए । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको भयो भने आँबुखैरेनीमा खहरेमा यात्रुवाहक बस खस्दा ११ जना घाइते भए ।फरकफरक दुर्घटना भए पनि दुवैको कारण प्रकृति भने एकै छ, तीव्र गति । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पछिल्लो समय पृथ्वीराजमार्गमा भएका अधिकांश दुर्घटना तीव्रकै कारण भएका छन् ।स्थानीय सफल पण्डित भन्छन्, ‘कतै सडक पीच भएको छ भने कतै खाल्डाखुल्डीका कारण दुर्घटनाहरू बढिरहेका छन् ।’रायका अनुसार बुधबार ११ जना घाइते हुने गरी भएको बस दुर्घटनाको कारण एकातिर तीव्र गति हो भने अर्कातिर सडकको कारण पनि हो । पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक रूपमा सवारी दुर्घटनाहरू बढ्न थालेको स्थानीय बताउँछन् यो सडकखण्ड सहरी क्षेत्रमा ६ लेन र अन्य भागमा ४ लेनमा विस्तार भइरहेको छ । पूर्वी खण्डको काम आधाभन्दा बढी पूरा भइसकेको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ ।पोखरा–मुग्लिन सडकको आँबुखैरेनीदेखि पोखरासम्मको पहिलो चरणको काम भइरहेको छ ।यो काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने थियो तर प्रगति कमजोर देखिएपछि म्याद १०१ दिन थप गरिएको छ । हालसम्म पश्चिम खण्डमा २० किलोमिटर दुई लेन सडक कालोपत्र गरिएको छ र ५ वटा पुल निर्माण भएको छ ।
सोरोत:Online khabar