बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो ।जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । एउटा मुद्दा भने किनारा लागेको थियो ।मोटरसाइकल चोरीको आरोप लागेका तामाङविरुद्ध मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा चोरीको कसूरमा मुद्दा विचाराधीन थियो ।मोरङ जिल्ला अदालतमा दर्ता भएको दुई मुद्दामध्ये एउटा मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ र अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।
मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।
सोरोत:Online khabar