पाँचथर बम विस्फोट : घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता

२०८१ भाद्र २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ । बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।यसअघि बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । ती अस्पतालले काठमाडौं जान भने पनि उपचार खर्च अभावमा अभिभावकले फर्काएर फिदिममै लगेका थिए । गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो ।गत बिहीबार फालेलुङ गाउँपालिकाको डाडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । उनीहरु दाजु-बहिनी हुन् ।‘कोशी अस्पतालमा चिकित्सकले सिटीस्क्यान गरेर ल्याउनु भनेपछि पवनलाई आमाले फर्काएर फिदिम नै ल्याउनु भएछ, काठमाडौँ लैजानुपर्ने दिप्सनलाई पनि फिदिम नै फर्काइएको रहेछ’ सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले भने, ‘दुबै बालकको अवस्था जटिल देखेपछि उपचारका लागि पठायौं ।’बम विष्फोटमा बालक पवन राई र दिप्सन राई घाइते भएका थिए । घाइतेमध्ये दिप्सनको अवस्था गम्भीर छ । तर उनीहरुको उपचारमा प्रदेश र संघीय सरकारले चासो दिएको छैन ।

सोरोत :Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय