४ दिनपछि २ बालिका मृत भेटिएको आमा पक्राउ

२०८१ भाद्र १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको पाइएको छ ।घटनाको चार दिनपछि उनीहरुका आमा अस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।बुधबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा पनि अस्मिताले त्यही कुरा दोहोर्‍याएकी थिइन् । शुक्रबार राति श्रीमानसँग विवादपछि उनी दुई छोरी लिएर हिँडेकी थिइन् । छोरीहरुको शव शनिबार भेटिएको थियो भने अस्मिता विक्षिप्त अवस्थामा बुधबार बिहान ४ बजे भेटिएकी थिइन् ।उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए ।सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृत भेटिएका थिए ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय