मुना पाण्डेले एक वर्षअघि नै कसैले पछ्याइरहेको भन्दै मागेकी थिइन् सहयोग

२०८१ भाद्र १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेलाई एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने देखिएको छ ।
त्यसपछि आफूले नै अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए । उनलाई त्यसबेला कसले पछ्याएको थियो भन्ने कहिल्यै खुलेन ।त्यसक्रममा प्रहरीले बबि सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए । शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।मुनाकी साथी आरुसा निरौलाले आफ्नो साथीमाथि सोच्नै नसकिने घटना भएको भन्दै न्यायको माग गरेकी छन् । उनले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो प्रिय साथी, पूर्वरुममेट दुखद् रुपमा हामीबाट खोसिएकी छन्, यस्तो विभत्स रुपमा भएको साथीको हत्या सहन सक्ने किमिसको छैन ।’उनकी आमाका अनुसार, दुई दिनदेखि मुनाको मोबाइलमा सम्पर्क भइरहेको थिएन । मुनाको स्थायी थलो भोजपुर हो । उनकी आमा अहिले काठमाडौंमै बस्दै आएकी छन् ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय