नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !

२०८१ भाद्र १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी चलाउँछन् । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने बितिकै श्रीमती अस्मितासँग विवाद सुरु भइहाल्यो । विवादको मियो थियो-बन्दै गरेको घरमा पानी नहाल्नु ।उनी घरबाट त्यसको भोलिपल्ट दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । तर, अस्मिता भने त्यहाँ थिइनन् ।शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेसन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको बिर्तामोडमा फेला परेकी छन् ।उनी मानसिक रुपमा विक्षिप्तावस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘बेपत्ता भएकी आमालाई विर्तामोडमा हिडिरहेको अवस्थामा फेला पारेर ल्याएका छौं’, मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय