केन्द्रीय बहुउद्देश्यीय सहकारी संघबाट श्री लालीगुराँसमा गैरकानुनी लगानी, संघ संकटमा

२०८१ भाद्र १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरी ठगी आरोपमा मुद्दा चलेर धरौटीमा छुटेका सुरेन्द्र भण्डारीले आफैं अध्यक्ष रहेको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ पनि संकटपूर्ण अवस्थामा पुर्‍याएको तथ्य भेटिएको छ ।लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सचिव समेत रहेका भण्डारीका कारण केन्द्रीय सहकारी संघ संकटग्रस्त अवस्थामा पुगेको तथ्य भेटिएको हो ।बहुउद्देश्यीय सहकारी संस्थाहरू आबद्ध भएर बनेको केन्द्रीय सहकारी संघले बचत तथा ऋण कारोबार गर्दै आएको छ । संघले प्रारम्भिक बहुउद्देश्यीय सहकारी संस्थालाई सेयर सदस्य बनाउन उनीहरूसँग बचत संकलन गर्ने र ऋण लगानी गर्ने गरेको छ ।गत जेठ अन्तिममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेत बोलाएर सहकारी विभागबाट भएको सघन अनुगमनले केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ संकटपूर्ण अवस्थामा रहेको तथ्य भेटिएको हो ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय