पूर्वप्रधानमन्त्री प्रचण्डले गरे नेपालगञ्ज रंगशालाको अवलोकन

२०८१ भाद्र १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिनुपर्ने बताए ।शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए । ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो,’ उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’उनले खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय