घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिकममता काफ्ले प्रकरण:

२०८१ भाद्र १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो ।ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् ।कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।तर, भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए । यद्यपि, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भयो ।अदालतमा भएको बहसका क्रममा अभियोजकतर्फका वकिलहरुले प्रहरी अनुसन्धानका क्रममा नरेशले घटनाको केहीअघि श्रीमतीको मृत्यु भएको कति समयपछि बिहे गर्न सकिन्छ भनेर गुगल सर्च गरेको फेला परेको बताएका थिए ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय