महामन्त्रीको प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए पदाधिकारी बैठक

२०८१ भाद्र १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । १६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् सभापति देउवाले मंगलबार र विहीबार (आज) दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए ।

पार्टी स्रोतका अनुसारका दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन । ‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।’ शीर्ष तहका एक नेताले भने ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सहमति उन्मुख भएको दाबी गरेका छन् । एक्जिट पोलिसी, महाधिवेशन कार्यतालिका लगायतमा सहमति नजिक पुगेको उनले दाबी

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय