मर्स्याङ्दी किनारमा २७ भारतीय पर्यटकको अवसान

२०८१ भाद्र ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा ख

चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजनाअनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

पोखराको होटल स्पोट्र्स र पोखरा इन होटलमा बाँडिएर बसेका उनीहरु २ दिन पोखरा घुमेर मुक्तिनाथ भने गएनन् । शुक्रबार बिहानै पशुपतिनाथ दर्शन गर्न काठमाडौं लागे । भारतको इलाहवादका प्रशान्त भंगाडे भन्छन्, ‘चार धामको तीर्थयात्रा गरियो, त्यसपछि नेपालका धार्मिकस्थल घुमेर फर्किने योजना बनाइयो । तर सबैजना हुन त पाएनौं, आँखामा टिलपिल आँसु लिएर फर्किनुपर्ने भयो ।’

गाडीमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । २७ जनाले ज्यानै गुमाएका छन् । आँबुखैरेनी–२ को ऐनापहाराभन्दा भारतीय पर्यटन चढेको गाडी मर्स्याङ्दीमा खसेको खबरले बिहानैदेखि विक्षिप्त त बनाएकै थियो, तर यति ठूलो क्षति होला भन्ने थिएन,’ तनहुँका सिडिओ गौतमले भने, ‘दिनभर लगाएर सबैको उद्धार त गर्‍यौं तर २७ जनालाई बचाउन सकेनौं ।’१ सय मिटर वरको घुम्ति कट्नेबित्तिकै सिधा बाटो आउनेबेलामै सडक सुरक्षाका लागि क्र्यास व्या रिएर भत्काउँदै मर्स्याङ्दीमा खसेको हो ।सेको हो ।                                                                                                                                                                                       सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय