किशोरको मृत्यु, दुई मोटरसाइकल ठोक्किँदा

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

किशोरको मृत्यु, दुई मोटरसाइकल ठोक्किँदा

 

 

काठमाडौं  : नवलपुर-मलङ्गवा सडकअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन्। तीव्र गतिमा रहेका ​बीआर ०६ बीपी ४१७२ र बीआर ३० डी ३५१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मलङ्गवा नगरपालिका–११, गम्हरिया बस्ने १५ वर्षीय विकास रायको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

दुर्घटनामा गम्भीर घाइते १६ वर्षीय निरज पटेल र १७ वर्षीय रोशन पासवानलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी वीरगञ्ज रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय