अनिल साहले प्रहार गरे शतक प्रधानमन्त्री कपमा मधेसका
उनले प्रधानमन्त्री कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा गण्डकीविरूद्ध शतक प्रहार गरेका हुन्।मधेस प्रदेशका ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहले शतक प्रहार गरेका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसका लागि उनले १०४ बलमा शतक प्रहार गर्ने क्रममा ११ चौका र ३ छक्का प्रहार गरे।
जारी संस्करणको प्रधानमन्त्री कपमा यो आठौं शतक हो भने मधेसका लागि दोस्रो शतक हो।
यसअघि पछिल्लो शतक सुदूरपश्चिमका नरेन भट्टले मधेशविरुद्ध शतक प्रहार गरेका थिए। सो खेलमा मधेसका मयन यादवले पनि शतक प्रहार गर्न सफल भएका थिए।
अनिल, नरेन र मयनसहित बागमतीका आशुतोष घिरोइया, कोशीका सुजन थपलिया, त्रिभुवन आर्मीका विनोद भण्डारी, नेपाल एपिएफका सन्दीप जोरा र नेपाल पुलिसका रशिद खानले यो संस्करणको प्रधानमन्त्री कपमा शतक प्रहार गरिसकेका छन्।