चार जनाको मृत्यु छुट्टाछुट्टै सवारी दुर्घटनामा

२०८० माघ ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चार जनाको मृत्यु छुट्टाछुट्टै सवारी दुर्घटनामा

 

 

 

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। सिरहा, महोत्तरी र पर्सामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

सिरहा, गोलबजार नगरपालिका-७ स्थित सडकमा को१ख ७०९५ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री मिर्चैया नगरपालिका-११ सोनीगढबा बस्ने ३५ वर्षीय ज्ञानु माझीको शनिबार साँझ मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, महोत्तरी, जलेश्वर नगरपालिका(८ बज्राहीमा प्रदेश २-०२-००१ च ०७१० नम्बरको कार र प्रदेश २-०२-००४प८०६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका-५ बहेडा बस्ने ४० वर्षीय पंकज कुमार रायको मृत्यु भएको छ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरी, पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१५ आयुर्वेदिक चोकमा प्रदेश २-०३-०२१प ५४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय