ठक्कर दिँदा एकजनाको मृत्यु माइक्रोबसले साइकललाई
उदयपुर :मदनभण्डारी राजमार्गको गाईघाट–चुहाडे सडकखण्ड अन्तर्गत राजाबासमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
गएराति प्र १–०५–००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो।
घाइते भएका रौतामाई गाउँपालिका – ७ मुर्कुचीका ३८ वर्षीय तुलसी मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
माइक्रो चालक त्रिनपा – १० बोक्सेका ४५ वर्षीय किशोर पोण्डेलाई प्रहरी नियन्त्रणमा रहेका छन्।