नेपाली युवा टोलीको फराकिलो जित स्कटल्यान्डमाथि
काठमाडौं : विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको १९ वर्ष मुनिको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको छ।
अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो। जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ दशमलव २ ओभरमा १४९ रनमा अलआउट भयो।
स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए। नेपालका तिलक राजभण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए।
त्यसअघि नेपाल ४९ दशमलव २ ओभरमा २८४ रनमा अल आउट भएको थियो।