२७ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आफ्ना निकट नेताहरूलाई काठमाडौँको महाराजगञ्जस्थित निवासमा बोलाएका छन्।

भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहँदा देउवाले नेताहरूलाई निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिएका छन्। उनका अनुसार पार्टीको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल गर्ने उद्देश्यले नेताहरूलाई बोलाइएको हो।
यसअघि नै कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक देउवा निवास पुगेका थिए। उनीहरूसँग छलफल भइरहेकै बेला अन्य नेताहरूलाई पनि निवासमा बोलाइएको बताइएको छ।
