कांग्रेस कार्यसम्पादन समिति बैठक डेढ घण्टा ढिलो सुरु, विशेष महाधिवेशन विवाद मुख्य एजेन्डा

२०८२ पुष २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ। दिउँसो ४ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा साँझ करिब ५ः३० बजेपछि सुरु भएको हो।

पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विषयमा विवाद चर्किरहेका बेला बैठक बसेको हो। यही विवादको समाधान खोज्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले बुधबार पुस २७ र २८ गतेका लागि बोलाइएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका थिए। सोही दिन २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेको दाबी पनि गरिएको थियो।

तर कांग्रेस केन्द्रीय कार्यालयले उक्त आह्वानलाई अवैधानिक भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन आग्रह गरिसकेको छ।

यसैबीच, महामन्त्री विश्वप्रकाश शर्मा बिरामी भएका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका छन् भने अर्का महामन्त्री गगन थापा बैठकमा उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय